• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

रुकुममा सेनाद्वारा बाल्टिन बम निष्क्रिय


फागुन २२, रुकुम ।

रुकुम पश्चिममा सोमबार फेला परेको बाल्टिन बम आज नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–१० मा सिँचाइको नहर ९कुलो० खन्दा फेला परेको बाल्टिन बम आज दिउँसो १२ः३० बजे नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

बमलाई सोमबार नै निस्क्रिय पार्ने भनिए पनि अफ्ठेरो ठाउँमा भएकाले आज दिउँसो मात्र निष्क्रिय पारिएको बताएको छ । सोमबार दिउँसो ३ बजे फेला परेको बमलाई आज दिउँसो १२ बजेसम्म प्रहरी चौकी सर्केनाले सुरक्षा दिएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार