• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

राप्ति यातायातमा नयाँ नेत्रृत्व चुन्ने गृहकार्य सुरु, अध्यक्षमा हमालकाे यस्ताे छ बलियो अाधार


शरद रेग्मी
फागुन २२, दाङ ।

 

राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिमा नयाँ नेत्रृत्व चयनका लागी सर्वसहमतिको प्रयास सुरु भएको छ ।

समितिको यहि फागुन २५ र २६ गते तुलसीपुरमा हुने अधिवेशनमा आकाक्षिहरु धेरै देखिए पछि सहमतिका लागी छलफल शुरु गरिएको हो । अध्यक्ष बाहेक अरु पदमा धेरै आकाक्षि देखिएको बताईएको
छ । सहमतिका लागी समितिका सल्लाहकार तथा पुराना ब्यवसायीहरु सक्रिय रुपमा लागी परेका छन ।सर्वसहमति नयाँ नेत्रृत्व चयनका लागी समतिले समतिका सल्लाहकार खडक बहादुर वुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय समिति समेत चयन गरेको छ ।

समितिले आजै भेला गरेको आकाक्षिहरुको नामावलि संकलन समेत गरेको छ । भेलामा अध्यक्ष बाहेक २८ सदस्यीय समितिका लागी बिभिन्न ४६ जनाले आकाक्षा देखाएको संयोजक खडग वुढाथोकिले बताए । भेलामा बोल्ने ब्यवसायीहरुले समितिमा अझै सुरेश हमालको बिकल्प नरहेको भन्दै ब्यवसायीक
हितका लागी हमालको नेत्रृत्वमा सर्व सहमत नेत्रृत्व बनाउन आग्रह गरेका थिए । आफुहरु बिभिन्न पदका आकाक्षी भए पनि समितिको हित र प्रगतिका लागी बाधक नवन्ने समेत बताएका छन ।

उनीहरुले सर्व सहमत नेत्रृत्व चयनका लागी कार्यदलले गरेको निर्णय आफुहरुले मान्ने समेत बताएको वुढाथोकिले बताए । सो अवसरमा आकाक्षी ब्यवसायिहरुले सवैलाई मिलाएर कार्य क्षमता , नयाँ र
पुराना सवैलाई मिलाएर सवै सहमत नेत्रृत्व चयन गर्न सुझाव समेत दिएका थिए सो अवसरमा बोल्दै संयोजक वुढाथोकिले आफुहरुले कसैलाई पनी पक्षपात तथा पुर्वाग्रह नराखि नयाँ नेत्रृत्व चयनका लागी लाग्ने बताए ।

त्यसैगरि भेलामा बोल्दै वर्तमान अध्यक्ष शुरेस हमालले सवै साथीहरुलाई मिलाएर सर्व सहमति नेत्रृत्व चयन गर्न सुझाव दिए । समितिमा सर्व सहमत नेत्रृत्व चयन भए सहज ढंगले समितिका कामहरु गर्न सकिने भन्दै ब्यवसायीक हितका लागी पनी सर्वसहमत नेत्रृत्वका लागी सवैले त्याग समेत गर्न सक्नु पर्नेमा जोड दिए ।

त्यस्तै हमालले अहिलेको अवस्थामा समिति सामु धेरै चुनौति रहेको तथा ब्यवसायीहरु धरासायि हुने अवस्थामा पुगेको भन्दै यसको अन्त्य गर्दै सवैलाई सहज र राम्रो हुने बतावरण निमाणका लागी पनि सर्व सहमत नेत्रृत्व आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार