फागुन २२, दाङ ।
धरिलो हतियार देखाएर ८० हजार २ सय रुपैया लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत १९ गते घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँमा जीतबहादुर मोहराको साथबाट ८० हजार २ सय रुपैया लेटिएको थियो ।
पीडित मोहराले दिएको जाहेरीका आधारमा प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा न. १ हर्नक जंगलमा लुकिछिपी बसेको अवस्थामा फरार मध्येका घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने बर्ष १६ को प्रकाश बुढा मगर र वडा नम्बर १७ मा बस्ने बर्ष १६ को मिलन श्रीस मगरलाई पक्राउ गरेको हो ।
डाँका चोरीमा संम्लग्न घोराही वडा नम्बर १८ बस्ने बर्ष १६ को रोसन मगर र बर्ष १९ को सुर्य बुढा मगर फरार रहेका छन । उनिहरुको खोजी कार्य जारी रहेको छ भने पक्राउ परेकाहरुलाई डाँका चोरी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।