• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

जुवा खेल्दै गर्दा दाङमा ७ जना पक्राउ, यति धेरै रकम बरामद


फागुन २२, दाङ ।

जुवा खेल्दै गरेकाे अवस्थामा दाङमा ७ जना जुवाडे पक्राउ परेका छन ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१० बस्ने बर्ष २९ का थमन बहादुर घर्ती मगर, बर्ष २२ का अरुण के.सी.,बर्ष ३६ का भिम बहादुर रोका, बर्ष ३६ का धन बहादुर वली, बर्ष २२ का किरण रावत, बर्ष २५ का आकाश थकाली र बर्ष ३९ का मानजित वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमवार राती घोराही उपमहानगरपालीका वडा नम्बर १२ डाँडागाउ स्थित अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुको साथ बाट ४१ हजार ८ सय ८५ रुपैया र एक गड्डी तास समेत बरामद गरिएको छ । उनिहरुलाई जुवा मुद्धा शिर्षकमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिँहले जानकारी दिईन ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार