• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

भण्डारी फेरी राष्ट्रपति बन्ने भएपछि खनाल यस्ताे ठाउँमा


फागुन २३, काठमाडौं ।

नेकपा एमालेले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई दोहोऱ्याउने भएकाे छ । मंगलबार मध्यरातमा बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई उमेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

राष्ट्रपतिका लागि चर्चामा रहेका एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूलाई सक्रिय राजनीतिमा लाग्ने चाहना भएको भन्दै भण्डारीलाई राष्ट्रपतिमा समर्थन गरेको स्पष्ट पारे । “विद्यादेवी भण्डारीलाई सर्वसम्मत राष्ट्रपतिमा उठाउने निर्णय गरिएको छ,” खनालले भने, “मैले छोड्दिएँ । म अझै सक्रिय राजनीतिमा लाग्छु ।”

एमाले नेता प्रदीप ज्ञवालीले पनि कुनै विवादबिना भण्डारीलाई राष्ट्रपतिमा पुनः दोहोऱ्याउने निर्णय भएको बताए ।

राष्ट्रपतिसँगै उपराष्ट्रपति पनि दोहोरिने सम्भावना छ । एमालेस्रोतका अनुसार उपराष्ट्रपतिका लागि नन्दकिशोर पुनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग लबिङ गरिरहेका छन्

याे पनि

पुन: विद्या भण्डारीलार्इ राष्ट्रपति बनाउने एमालेकाे निर्णय

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार