• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

दुर्इदिन नेपाल बसेका पाकिस्तानी प्रधानमन्त्रीले चिनसँग यस्ताे गर्नुहाेस् भने


फागुन २३, काठमाण्डाैँँ ।

दुई दिने नेपाल भ्रमणमा आएर फर्कनु भएका मित्र राष्ट्र पाकिस्तानका प्रधानमन्त्री अब्बासी औपचारीक रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन फागुण २१ मा काठमाण्डौं अाएका थिए ।

बधाई दिदै र निस्कृय रहेको सार्कको बारेमा औपचारीक छलफल भए पनि उहाँले चीनले अघि सारेको महत्वकाक्षी परियोजना वेल्ट एण्ड रोड ईनिसिएटीभमा जोड दिएका थिए ।

अब्बासीले यो परियोजनाले नेपालका लागि पनि मध्य एशिया र दक्षिण एशियामा बजारको बाटो खोल्ने र ठूलो अवसर लिने बताएका थिए ।

चीनले शुरु देखिनै जोड गरीरहेको यो परियोजना भारतको दवावका कारण नेपालले कार्यन्वयन गर्न ढिला गरीरहेको छ ।

भारत चीनको यो परियोजनाको बिरोधमा रहदै आएको छ । चीनको सो प्रस्ताव शीत युद्ध जस्तो सम्बन्ध रहेको भारतले अस्वीकार गरीरहेका बेला पाकिस्तानले पनि नेपाललाई जोड दिए पछि थप दवाव पुगेको छ ।
अब्बासीको यो भ्रमणका विषयमा भारतले भित्री रुपमा असन्तुष्टी व्यक्त गरेको समेत बताईएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार