• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

राष्ट्रपतिमा फेरी विद्या भण्डारीलार्इ बनाउने भनेपछि काँग्रेसले थाल्याे यस्ताे कदम, अब काे हुन्छ राष्ट्रपति ?


फागुन २३, काठमाडौं ।

नेकपा एमालेले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई दोहोऱ्याउने भएकाे छ । मंगलबार मध्यरातमा बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई उमेदवार बनाउने निर्णय गरेको हाे ।

त्यस्तै नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले केहीबेरमा शुरु हुने बैठकले राष्ट्रपतिको उम्मेदवारी सम्बन्धमा पार्टीका तर्फबाट निर्णय लिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी एवं मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उनले बताए ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते तोकिएको छ । सो निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार