लेकाली अनलाइन
फागुन २३, सल्यान ।
खानेपानी तथा सरसफार्इ डिभिजन कार्यालय सल्यानले जिल्लामै पहिलाेपटक निर्माण गर्न लागेकाे लिप्ट सिस्टमकाे खानेपानी अायाेजनाकाे शिलन्यास गरिएकाे छ ।
सल्यानकाे त्रिवेनी गाउँपालीका वडा नम्बर ५ र ६ का बासिन्दालार्इ स्वस्छ खानेपानी पुर्याउनलार्इ संचालन गरिएकाे श्रीचाैर तिमिले खानेपानी तथा सरसफाइ अायाेेजनाकाे स्कीम नम्बर १ काे अाज सिलन्यास गरिएकाे हाे । स्कीम नम्बर एक अायाेजना वडा नम्बर ६ काे मुलाबारीमा पर्दछ । राप्ती राजमार्ग सडक खण्ड अन्तरगत पर्ने मुलाबारी खाेला नजिकैकाे अाेडारबाट मुहान भएर बग्ने पानीलार्इ लिप्ट सिस्टम मार्फत २ सय मिटर माथि गाउँमा लिन लागिएकाे हाे । यसअघि सल्यानमा खलंगा सितलपाटी खानेपानी अायाेजना लिप्ट सिस्टम गरिएपनि उक्त याेजना केन्द्रिय याेजना अन्तरगत रहेकाे थियाे । तर, याेजना खानेपानी तथा सरसफार्इ डिभिजन कार्यालय सल्यानबाट संचालित अायाेजना हाे ।
तिन अाेटा स्कीम रहेकाे उक्त श्रीचाैर तिमिले खानेपानी तथा सरसफाइ अायाेेजनाले १५ हजार ४२ मानिसलार्इ स्वस्छ खानेपानी पुर्याउने लक्ष लिएकाे छ । साैर्य उर्जा मार्फत संचालन गरिने लिप्ट सिस्टम ४ किलाेमिटर मेनलाइन पाइपलाइन र ७ किलाेमिटर वितरण पाइपलाइन जडान गरिने छ ।
तिन अाेटा स्कीमले बनेका श्रीचाैर तिमिले खानेपानी तथा सरसफाइ अायाेेजनाकाे लागी करिब २ कराेड ३२ लाख ७१ हजार खर्च हुने अनुमान गरिएकाे छ । जसमध् २० प्रतिशत स्थानीयले बेहाेर्ने छन् भने अन्य सरकारले हसयाे गर्ने छ ।
स्कीम नम्बर १ काे सिलन्यास कार्यक्रममा प्रमुख अथिती क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण सुर्खेतका चन्द्रबहादुर केसीकाे रहेकाे थियाे । विशिष्ट अथितिहरुमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, खानेपानी कार्यालय सल्यानका डिभिजन प्रमुख गुना निधी पाेखरेल, त्रिवेनी गाउँपालीका अध्यक्ष मान बहादुर डाँगी लगाएतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता समितीमा अध्यक्ष अमृत थापाले गरेका थिए ।
खानेपानी अायाेजनामा विवाद देखि बजेट अभाव सम्म
सल्यानमा अहिले २४ अाेटा बहुवर्षीय खानेपानी अायाेजनाहरु छन् । ति मध्य ४ अाेटा याेजनामा मुहान विवादले काम राेकिएकाे छ भने अन्यमा काम संचालन भएपनि धेरैजसाेमा अार्थिक अभावकाे समस्याले काम राेकिने संम्भावना देखिएकाे खानेपानी कार्यालय सल्यानका डिभिजन प्रमुख गुना निधी पाेखरेलले जानकारी दिए । लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने-“नागरिकलार्इ स्वस्छ खानेपानी पुर्याउने अभियानमा हामी खटिरहेका छाैँ तर केन्द्रले खानेपानीकाे लागी अावश्यक बजेट विनियाेजित नगर्दा समस्या भएकाे छ ।” जिल्लामा खानेपानीकाे श्राेत कम भएकाे भन्दै उनले मुहान विवादले गर्दा ठाउँठाउँमा अायाेजना अगाडी बढाउन नसकिएकाे बताएका छन् ।
त्यस्तै उपभोक्ता समिती गठन प्रक्रियामा विवाद हुदाँ यसअघि पश्विम सल्यानमा हात हालाहाल सँगै माइन्युट नै च्यातियो काे समाचार पनि लेकाली अनलाइनले प्रकाशित गरेकाे थियाे ।