• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानकाे एक विद्यालयमा निशुल्क विद्यार्थीकाे स्वास्थ्य परिक्षण गरियाे


फागुन २३, सल्यान । 

विद्यार्थीलार्इ लक्षित गरि सल्यानकाे एक विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण तथा  उपचार कार्यक्रम गरिएकाे छ ।

जिल्लाकाे सिद्ध कुमाख गाउँपालका वडा नम्बर ३ फलाटेमा रहेकाे बालकल्यान अाधारभुत विद्यालयमा अाज एक दिने स्वास्थ्य परिक्षण तथा  उपचार कार्यक्रम संचालन गरिएकाे हाे ।

स्वास्थ्य परिक्षण कार्यक्रममा २८ जना विद्यार्थीकाे स्वास्थ्य चेक जाँच सँगै केहिकाे सामान्य उपचार गरिएकाे विद्यालयले जानकारी दिएकाे छ । केहि विद्यार्थीकाे स्वास्थ्यमा झाडापखाला, ज्वराे, रुघाखाेकीकाे समस्या देखिएकाले उपचार सम्भव भएकाे स्वास्थ्यकर्मीले बताएका छन् ।

विद्यालय र वडा कार्यालयकाे अायाेजना भएकाे स्वास्थ्य परिक्षण कार्यक्रममा वडा नम्बर ३ वडा अध्यक्ष सालिकराम बुढाथाेकीकाे र गाउँपालीकाकाे हेल्थ पाेष्टबाट डाक्टर डम्बर बहादुर विष्टकाे सहभागीता रहेकाे थियाे ।

 

 

वडा अध्यक्ष

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार