• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

अष्टलक्ष्मीले भनिन्-‘विद्यालाई राष्ट्रपति बनाउन समर्थन गर्दिनँ’, एमालेमा आँशु र हाँसोबारे यसरी खाेलिन्


फागुन, काठमाडौं।

राष्ट्रपति उम्मेदवार छान्न मंगलबार एमाले स्थायी कमिटिको बैठक सात घन्टा चल्यो । साझ प्रधानमन्त्री निवाश बालुवाटारमा एमाले नेता माधवकुमार नेपालको ‘बर्थडे केक’ काटेर सुरु भएको स्थायी कमिटि बैठक मध्यरातमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्दै सकियो ।

बैठकपछि एमाले नेताहरुले सर्बसम्मत रुपमा विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिएको बताए । तर, मध्यरातसम्म भएको बैठकमा एमाले नेताहरुबिच निकै रस्साकसी र विवाद भयो । राष्ट्रपति पदमा वर्तमान राष्ट्रपतिसँगै वरिष्ठ नेता झलनाथ खनालको दाबी थियो । वर्तमान राष्ट्रपतिलाई नै बनाउनका लागि अध्यक्ष केपी शर्मा ओली समुह लागेका थिए । माधव नेपाल समुहले खनाललाई बनाउनका लागि पहल गर्ने बताइए पनि स्वयम् नेता नेपाल भने खनललाई राष्ट्रपति बनाउने बिषयमा बोलेनन् । उनले पार्टीको अरु बिषयमा कुरा राखेपनि राष्ट्रपतिको बिषयमा बोलेनन् । उनले पार्टी पद्धतिमा नचलेको आरोप लगाए । भने, ‘तपाईं (अध्यक्ष) एकपक्षीय ढङ्गले चल्नुहुन्छ । यो ठीक भएन, विधि, प्रकृया, नियम केही नचाहिने ?’

उपाध्यक्ष वामदेव गौतमले पनि खनाललाई सघाउने चर्चा भएपनि उनी बैठकमा मौन रहे । कतिपय नेताहरुले उनीहरुको मौतनालाई भण्डारीप्रतिको समर्थनको रुपमा बुझेका छन् । नेपाल निकटका धेरैजसो स्थायी कमिटिका नेताहरु बैठकमा बोलेनन् । प्रधानमन्त्री ओली नेतृत्वको मन्त्री परिषद् बिस्तार बाँकी नै रहेको सन्दर्भमा मन्त्रीका अपेक्षा गरिरहेका नेताहरुले भने ओलीको प्रस्ताव विरुद्ध बोल्ने आँट गरेनन् । तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराई भने खुलेर आफ्नो विचार राखे ।

त्यस्तै  उपाध्यक्ष अष्टलक्ष्मी शाक्ययो एमाले पार्टीमा कसैको आँशु कसैको हाँसो भएकाे बताएकी छन् ।
उनले राष्ट्रपतिले शितल निवाशबाट गुट चलाएको आरोप लगाइन् । उनले पार्टी बिधि, पद्धति र नियममा नचलेको भन्दै आक्रोश पोखिन् । उनले आफू विरुद्ध शीतलनिवासबाट विद्रोह गराइएको शितल निवाशबाटै उम्मेदवार खडा गरिएको बताइन् । उनले भनिन्, ‘मेराविरुद्ध शीतलनिवासबाट विद्रोह गराइयो, गुटबन्दी गरेर शीतलनिवासबाटै उम्मेदवार खडा गरेर चलखेल गरियो । यो पार्टीमा कसैको आँशु कसैको हाँसो भयो ।’

अष्टलक्ष्मीले शीतलनिवासमा बसेर गुट चलाउनु गलत भएको बताइन् । भनिन्, ‘एकजना महिलालाई राष्ट्रपति दोर्होयाउने कुरा गर्दा पार्टीमा सबैभन्दा त्याग र इतिहास बोकेको अर्को महिलालाई लात्तले हानेर भित्तामा पुराउने कति न्यायोचित हो ?’

उनले विद्या भण्डारीलाई समर्थन नगर्ने अडान अन्तिमसम्म राखिन् । भनिन् ‘म समर्थन गर्न सक्दिनँ, तपाईं पार्टीमा महिलाको कुरा गर्नुहुन्छ तर के पार्टीमा महिला विद्या मात्रै हुन् ?’ उपाध्यक्ष शाक्यले एमाले मुल्य,मान्यता, आर्दश र विचार समाप्त हुदै गएको बताइन् । भनिन्,‘ ‘विद्याका लागि आज मात्रै ५ घण्टा छलफल भयो । तर, मेरा लागि कति घण्टा छलफल गर्न तपाईं तयार हुनुभयो ? के मेरो पार्टीमा कुनै योगदान छैन ? मलाई हराउन तपाईं आफै लाग्नुभयो, यो पार्टीमा अन्याय बढ्यो । हुँदाहुँदा म प्रदेश इन्चार्ज छु, प्रदेशमा मन्त्री बनाउने विषयमा पनि हस्तक्षेप गर्नुभयो । यस्तो अन्याय सहेर पार्टीमा कति बस्नु ?’

विद्यालाई राष्ट्रपति बनाउन समर्थन नगर्ने

‘राष्ट्रपतिको रुपमा तपाईंको भूमिका तटस्थ भएन भन्ने आरोप छ नि!’, उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सञ्चारकर्मीहरुले प्रश्न सोधे। भण्डारीले जवाफ दिइन्, ‘यो कसै-कसैको आरोप हो। तर, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ। यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु।’

उम्मेदवारी दर्तापछि राष्ट्रपतिका रुपमा आफ्नो भूमिका तटस्थ गरेपनि भण्डारीलाई राष्ट्रपति चयन गर्न मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको एमाले स्थायी समितिको बैठकमा राष्ट्रपति कार्यालयमा बसेर भण्डारीले एमालेभित्र तीब्र गुटबन्दी गरेको आरोप लाग्यो। यस्तो आरोप लगाउने मध्ये एक थिइन्, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य।

‘तपार्इंहरुले राष्ट्रपतिमा समर्थन गर्नुहोला, तर म कुनै हालतमा विद्यालाई राष्ट्रपति बनाउने कुराको समर्थन गर्दिन’ बैठकमा राष्ट्रपति भण्डारीप्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएकी शाक्यले कारण पनि खोलिन्, ‘राष्ट्रपतिजस्तो मर्यादित पदमा रहेर एमाले प्रदेशसभा दलको नेता चुनावमा उहाँ मलाई हराउन लाग्नुभयो।’

प्रदेश–३ को एमाले प्रदेश सभा दलको निर्वाचनमा शाक्य हेटौंडा उपमहानगरपालिकाका पूर्व प्रमुख डोरमणि पौडेलबाट पराजित भएकी थिइन। अध्यक्ष केपी शर्मा ओली पक्षबाट दलको नेता उभ्याइएका पौडेल त्यसअघि मुख्यमन्त्रीको रुपमा चर्चामा नै थिएनन्। तर, अकस्मात उम्मेदवार बनेर आश्चर्यजनक रुपमा शाक्यलाई पराजित गरेपछि पौडेल नै प्रदेश–३ को मुख्यमन्त्री बनेका छन्।

स्थायी समिति बैठकमा शाक्यले गरेको दावी अनुसार, राष्ट्रपति भण्डारीले आफूलाई हराउन भन्दै पौडेलको पक्षमा मत माग्ने कामसमेत गरेकी थिइन्। ‘अष्टलक्ष्मी शाक्यलाई कुनै हालतमा जिताउन हुँदैन भनेर डोरमणिको पक्षमा मत माग्ने काम विद्याबाट भयो। राष्ट्रपति जस्तो मान्छेले यसरी कसैको पक्ष विपक्षमा मत माग्न मिल्छ?’

राष्ट्रपति भवनबाटै भण्डारीले एमालेका गुटउपगुट चलाएको दावी पनि उपाध्यक्ष शाक्यले बैठकमा गरेकी थिइन्। ‘विद्या भन्दा पार्टीमा मेरो योगदान कम छ? छ भने भन्नुस् यहाँ तपार्इंहरुले’ आक्रोसित मुद्रामा पेश भएकी शाक्यले भनिन्, ‘तपाईंहरुले जे सुकै गर्नुस्, भन्नुस्। तर विद्यालाई राष्ट्रपति बनाउने कुरामा मेरो समर्थन हुँदैन।’

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार