• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

दाङलाई खेलकुदको राजधानि बनाउछौः मुख्यमन्त्री पोख्रेल


दिपक बोहरा
फागुन २३, दाङ ।

दाङ २३फागुन । तुलसीपुरमा बिच गेम प्रतियोगिता शुरु भएको छ । तुलसीपुर उपमहाननगरपालिकाले आयोजना गरेको बिच गेमको उद्घाटन प्रदेश नंबर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गरेका हुन् । खेलको उद्घाटन गर्दै प्रदेश नं। ५ का मुख्य मन्त्री शंकर पोखरेलले राष्ट्रलाई चिनाउन खेलको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।

खेल क्षेत्रबाट नै अन्तराष्ट्रिय स्तरमा राष्ट्रको झण्डा फहराउन सकिने उनले बताए । साथै खेलले मानब स्वास्थ्यसंगै पर्यटन पर्बद्धनमा पनि टेवा पु¥याउने भन्दै प्रदेशमै पहिलो पटक यस्तो खेलको आयोजना गर्नु सकारात्मक भएको बताए । बबई नदीमा बिच गेमको आयोजना गर्नु यस क्षेत्रको बिकासमा पनि टेवा पु¥याउनु रहेको मन्त्री पोख्रेलले बताए । उनले भने ‘यस खेलले यस क्षेत्रको पर्यटनसंगै बिकास निर्माणमा पनि टेवा पु¥याउछ ।’ उनले दाङमा खेलको हबको रुपमा बिकास गर्न सकिने समेत बताए । हावापानी, भौगोलिक दृष्ठिले पनि दाङ प्रदेशकै खेलकुदको हब बन्न सक्ने बताए । ‘दाङमा समतल भुभाग छ, हावापानी पनि सुहाउदो छ’ उनले भने ‘ जसले गर्दा पनि दाङ खेलकुद क्षेत्रकै हब बन्न सक्छ ।’

उनले फरक प्रशंगमा अहिले प्रदेश नंबर पाँचले स्थानीय जनप्रतिनिधको पारिश्रमीक तोक्ने कामलाई सम्पन्न गरेको बताए । निर्बाचित भएको ८ महिना सम्म पनि पारिश्रमीक नपाएको भन्दै पाँच नंबर प्रदेशले स्थानी जनप्रनिधिको तलब तोक्न सफल मन्त्री पोख्रेलले बताए । प्रदेशले जनप्रतिनिधिको पारिश्रमीकका लागि कानुन निर्माण गरेसंगै जनप्रतिनिधिलाई पारिश्रमीक पाउने बाटो खुलेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रबक्ता श्याम डाँगी र प्रेस संयोजक बसन्त विवस आचार्यले गरेका थिए । ववईको पर्यटन पबद्र्धनका लागि आयोजना गरिएको प्रतियोगिता तीन दिन सम्म चल्ने छ । २३, २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल प्रतियोगिता चल्ने संयोजक माईकलले बताए ।तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली (माईकल)को अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रम सम्मन्न भएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार