• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

एमाले-माअाेवादीकाे एकता राेल्पाबाट, यस्ताे गर्दैछन् दुर्इ महिला संगठनले ?


फागुन २३, रोल्पा ।

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ र नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले भोली ८ मार्च अर्थात १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर संयुक्त कार्यक्रमको आयोजनामा गर्ने भएका छन् ।

प्राप्त उपलब्धिहरुलाई रक्षा गरौँ, समानताको लागि अघि बढौँ, १ सय ८ औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले सफल पारौँ भन्ने भन्ने नाराका साथ राजनीतिमा महिला सहभागिता विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागिएको अनेमसंघ रोल्पाकी अध्यक्ष ईश्वरी जी.एम.ले जानकारी दिइन् ।

बिहान ८ बजे नेकपा एमालेको लिबाङ स्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको सो अन्र्तक्रियालाई राष्ट्रिय सभा सदस्य तथा एमाले नेतृ मिना बुढामगर, प्रदेश सभा सदस्य तथा माओवादी नेता दिपेन्द्र पुन सिजल, नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा लगायत अन्य पार्टी र सरोकारवालाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जी.एम.ले बताएकी छिन्।

दुई मुख्य पार्टी एमाले र माओवादीको पार्टी एकताको प्रक्रिया चलिरहेको बेला जिल्लाका २ पार्टीका महिला संगठनहरुले पनि एकताको सन्देश स्वरुप संयुक्त कार्यक्रमको आयोजना गरेकाले सो कार्यक्रममा उपस्थित भईदिन पत्रकार तथा सम्बन्धित सबैलाई अनेमसंघ क्रान्तिकारी रोल्पाकी संयोजक त्रिपनी घर्तीले सबैमा अनुरोध समेत गरेकी छन् ।

अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले भोली रोल्पा लगायत देशका ७७ वटै जिल्ला, प्रदेश तथा केन्द्रमा संयुक्त रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर १०८ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने कार्यक्रम रहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार