• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

कोरिया जाने सुनौलो अवसरः ७ हजार भन्दा धेरैकाे माग, हेर्नुहाेस् परीक्षा मिति तोकियो


फागुन, काठमाडौं ।

इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै यसवर्ष करीब भाषा परीषा पास गर्ने सात हजार एक सय कोरीया जान पाउने छन् । परीक्षार्थी मध्यबाट उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।

इपीएस कोरीयन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ ।

भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।

जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ । आवेदनका दिनका लागि इपिएस कार्यालयले eoers.epsnepal.gov.np साइट सञ्चालनमा ल्याउने पनि जनाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार