शिवु खनाल
फागुन २४, दाङ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरीमा हायस दुर्घटना हुदा तीन जना घाईते भएका छन् ।
दुर्घटनामा परि साविक रति गाविस वडा नम्वर ६ सुर्खेत निवासी ३२ वर्षीय नन्दबहादुर पौडेल मगर, सोही ठाउँ निवासी १९ बर्षीय विमला सारु, सुर्खेत लेखवेसी नगरपालिका वडा नं. ८ निवासी ११ बर्षीय प्रकाश पुलामी घाईते भएका छन् ।
घाईतेहरुको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।
हेटौडावाट सुर्खेततर्फ जाँदै गरेको बा ५ ख १८९१ नम्वरको हायस लमही नगरपालिका वडा नं. ४ हस्पिटल मोडमा दुर्घटना भएको हुँदा उनीहरु घाईते भएका हुन ।
गएराति साढे ११ बजेतिर जन्ति छोडेर फर्कने क्रममा तीव्र गतिका कारण अनियन्त्रित भएर उक्त हायस दुर्घटनामा परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । सबै घाइतेको अवस्था खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।