• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

काठमाण्डौमा दलित भन्दै पत्रकारलार्इ कोठा नदिने घरबेटी पक्राउ, यस्ताे हुदैछ सजाय


फागुन २४, काठमाण्डाैँ । 

देश नयाँ र आमूल परिबर्तन भएको कुरा बारम्बार सुनिन्छ्न तर गरिब,दलितका पीडा भने अझै अथावत नै छ्न।
त्यस्तै राजधानी काठमाण्डौमा सानो जात भन्दै पत्रकारलाई कोठामा बस्न नदिए की घरधनी कमला गौतमलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको जाहेरीमा पक्राउ गरेको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

विक्रम सुनार, रिमराज सुनार र मिलन विश्वकर्माबाट अग्रिम रकम लिए पनि जात थाहा पाएपछि राजधानीस्थित अनामनगरकी कमलाले आफ्नो घरमा बस्न नदिने बताएकी थिइन् ।

मिलन विश्वकर्मा अर्थिक अभियान, विक्रम सुनार इमेज टेलिभिजनमा कार्यरत छन् भने रिमराज सुनारले स्नातकोत्तर अध्ययन गर्दैछन् । पीडितले घरधनी श्यामप्रसाद र कमला गौतमको नाममा जाहेरि दिए पनि प्रहरीले भने कमलालाई मात्र थुनामा राखेको हो ।

मंगलबार घटनाबारे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर दुबै जना पत्रकारले घर मालिकले आफूमाथि जघन्य अपराध भएको भन्दै न्यायको लागि प्रहरीकोमा मुद्दा जाहेरी गरेका थिए।

वृत्तका प्रहरी नायव उपरिक्षक रवि पौडेलले अदालतमा मुद्दा पनि दायर भएको जानकारी दिएका छन् । उनले भने, ‘छानविन प्रक्रिया सुरु भएको छ र, नसकिदासम्म थुनामा राख्छौँ ।’

दुई कोठा बुक गरेर फागुन २० गते सामान लिएर पुग्दा श्यामप्रसाद र कमलाले फर्काएको मिलनले बताए । उनले भने, ‘कमलाले तपाईसँग जात नमिल्ने भएकाले कोठा दिन मिल्दैन भन्नुभयो । अहिलेसम्म दलितलाई आफ्नो घरमा नराखेको भन्दै अभद्र व्यवहार गर्नुभयो ।’

दलित अधिकारकर्मी र पीडितको टोलीले मंगलबार नै जाहेरि दिए पनि बुधबार मात्र दर्ता भएको हो । जातीय छुवाछुत तथा जातीय कसुर सजाएँ ऐन–२०६८ ले विभेद गर्नेलाई एक महिनादेखि पाँच वर्षसम्म कैद वा पाँच सयदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

साथै राजधानीमा दलित संसदले दलित भएकै कारण कोठा नपाउनु,पत्रकारहरु लाई नै जातिय छुवाछूतको सिकार बनाइनुले अझै पनि जातिय परिबर्तन नभएको र देश अझै १९औं शताब्दी मै रहे झै भएको छ।

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार