• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

जनार्दन शर्माकाे खुलासा- ‘विप्लवसँग सहकार्य गर्न तयार छाैँ’, एमालेबारे यस्ताे भने ?


फागुन २४, अर्घाखाँची

एमाले-माअाेवादी एकताका पहलकर्ता मध्यका एक नेता जनार्दन शर्मा प्रभाकरले विप्लवसँग सहकार्य गरेरअघि बढ्न तयार रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले गरेको पत्रकार सम्मेलनमा बाेल्दै माओवादी केन्द्रका प्रभावशाली नेता समेत मानिने प्रभाकरले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’लाई दमन नगरेको भन्दै पन्छिएका छन् । तर उनले एमालेसँग पार्टी एकता भइसकेको बताएका छन् । केही संरचना निर्माण गर्नका लागि मात्र समय लाग्ने प्रभाकरले केपी शर्मा ओली नेतृत्वको सरकारमा मधेसवादी दललाई समेत समेटेर शक्तिशाली दुइ तिहाईको सरकार बनाउने बताए।

फरक प्रसंगमा नेता शर्माले सदनमा समृद्धको बहस तथा भष्ट्राचार अन्त्य गर्ने बहस पहिलोपटक चलेको बताउँदै देश समृद्ध बनाउने दिशामा अघि बढेको दाबी गरे

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार