• २०७८ असार ९ गते बुधवार
  • Preeti To Unicode

श्रमीक महिला दिवसकाे अवसरमा ढाेरचाैरमा प्रतियाेगितात्मक कार्यक्रम


अमृत बुढाथोकी
फागुन २४, सल्यान ।

सल्यानकाे सिद्ध कुमाख गाउँपालीका ३ ढाेरचाैरमा रहेकाे निराजन माविकाे प्राङगनमा पनि अाज १०८ औं श्रमीक महिला दिवस मनाइएको छ । ‘आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण , ग्रामीण तथा शहरी महिलाको जिवन स्तरमा रुपान्तरण’ भन्ने मूल नाराका साथ विभिन्न संघ सस्थाकाे अायाेजनामा दिवस मनाईएको हो ।

ढाेरचाैर गाउँपालीका, महिला तथा बालविकास शाखा ढोरचौर र महिला जनचेतना तथा रिन सहकारी संस्था सिद्ध कुमाखकाे अायाेजनामा भएकाे कार्यक्रमा कविता, लोग गीत र कुर्सी दौड प्रतियोेगिता भएका छन् ।

प्रतियोगिताबाट खुल्ला कवितामा रविना कुमारी थापा प्रथम, कल्पना बोहोरा द्वितीय, पवित्रा बुढाथोकी तृतीय र लक्ष्मी अधिकारी सान्त्वना भएकी छन् । लोक गीत प्रतियाेगीतामा गीता बोहोरा प्रथम,चन्द्रकला बाहोरा द्वितीय, खुमा सुना तृतीय र निर्मला बोहोरा सान्त्वना भएकी छन् । त्यस्तै कुर्सी दैड प्रतियाेगीतामा लक्ष्मी अधिकारी प्रथम, धनसरी बोहोरा द्वितीय र खिरमाया बुढाथोकी तृतीय भएकी छन् ।

गाउँपालीका उपाअध्यक्ष पुस्पा बोहाराको सभाअध्यक्षबाट सुरु भएकाे कार्यक्रममा गाउँपालीका अध्यक्ष चित्रबहादुर चलाउने, ३ नम्बर वडा अध्यक्ष सालीकराम बुढाथोकी लगाएतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन सोभा लामीछाने  साेभा लामिछानेले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार