फागुन २४, सल्यान ।
सल्यान खलंगा लुहापिङमा रहेकाे त्रिभुवन जनता माध्यामीक विद्यालयमा रगत परिक्षण कार्यक्रम हुने भएकाे छ ।
जिल्ला अस्पताल सल्यानमा रगत अभाब भएका बिरामीहरुलार्इ लागि सहज हाेस् भन्ने उदेश्यले विद्यार्थीहरुबाट पुर्ति गर्नकाे लागी अखिल क्रान्तिकारी सल्यानको अायोजना र जिल्ला अस्पताल सल्यानको प्रबिधिक सहयोगमा फागुन २५ गते रगत परिक्षण कार्यक्रम गरिन लागेकाे अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष चेतन गीरीले जानकारी दिए ।
साथै रगत परिक्षण कार्यक्रममा उपस्थितीकाे लागी सबै विद्यार्थीहरुमा संगठनले अाग्रह गरेकाे छ ।