• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

महिला दिवसकै दिन धनुषामा ५८ वर्षीय पुरुषले २२ वर्षीया युवतीलार्इ यस्ताे गरेपछि…


फागुन २४, काठामाडौँ ।

विश्वभर बिहीबार अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा धनुषामा भने अनमेल विवाह भएको छ ।

धनुषाको लालगढमा ५८ वर्षीय पुरुषले २२ वर्षीय युवतीसँग अनमेल विवाह गरेको तस्विरसहित सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जेठी श्रीमतीको मृत्युपछि कान्छी श्रीमतीको रुपमा २२ वर्षीय युवतीलाई ती पुरुषले विवाह गरेका हुन् । यद्यपी ती पुरुष र युवतीको परिचय खुलेको छैन ।

केशव कोइरालाले आफ्नो ट्वीटर ह्यान्डलमा विवाहको तस्विरसहित ‘लालगढ निवासी मेरा ५८ वर्षीय फुपाजु र फुपुको मृत्युपछि नव फुपु बन्नु भएकी २२ वर्षीय नव फुपसलाई नारी दिवसको शुभकामना छ’ लेखेर पोष्ट गरेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार