फागुन २४, रोल्पा ।
१०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा रुन्टिगढी गाउँपालिका वडा नं. ९ सखिमा बिबिध कार्यक्रम एबम् बाल बिबाह बिरुद्धको जनचेतनामुलक सड्क नाटक प्रर्दसन गरिएको छ ।
जुनतारा महिला बचत तथा ऋण सहकारी संस्था रुन्टिगढी गाउँपालिका ९ सखिको आयोजना, रुन्टिगढी ९ नं. वडा कार्यालयको आर्थिक सहयोग तथा रुन्टिगढी गाउँपालिका, महिना तथा बालबालिका कार्यालय, मानबअधिकार सचेतन केन्द्र हरेक रोल्पा, आमा समुह, बाल क्लब लगायत बिभिन्न संघ संस्थाको समन्बयमा संञ्चालित कार्यक्रमको अबसरमा महिना हिंसा बिरुद्धका बिबिध कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा महिला हिंसा अन्त्य गरौ भन्ने शिर्षकमा बतृत्वकला प्रतियोगिता, धुम्रपान, मध्यपान सेवन नगरौ भन्ने शिर्षकमा एकल गित प्रतियोगिता, बृद्ध महिलाहरुलाई दोसल्ला आढाएर सम्मान लगायत अन्य कार्यक्रम गरिएको आयोजनले बतायो ।
जुनतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष खिमसरी बहबरीको अध्यक्षता रुन्टिगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत सर्मिला न्यौपानेको प्रमुख आतिथ्यता, जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सोहि कार्यक्रमको अबसरमा बालबालिकाहरुद्धारा बालविवाह बिरुद्धको जनचेतनामुलक सड्क नाटक प्रर्दसन समेत गरेका छन । जनकल्याण माध्यमिक बिद्यालय रुन्टिगढी ९ सखीका बाल क्लबका बालबालिकाहरुले बालविवाह बिरुद्धको सड्क नाटक देखाएका थिए । बालविवाहपछि देखिने शारिरिक तथा मानसिक समस्याका बारेमा नाटक देखाईएको थियो ।
भिडियाे हेर्नुहाेस्