• २०७७ मङ्सिर १७ गते बुधवार
  • Preeti To Unicode

त्यसरी फैलाइयाे नेपाल बन्दकाे हल्ला, यसरी भयाे फिर्ता !


फागुन २५, काठमाडौँ ।

पूर्व जनमुक्ति सेना रञ्‍जित गुरुङ समूहले ४ बूँदे माग राखेरफागुन २५ र २६ गते नेपाल बन्द भन्दै सोसल मिडियामा प्रचारबाजी गरेको थियो। र, नेपाल बन्द आव्हान गरेको पनि उक्त समुहले स्वीकार गरेकाे छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले बिहीबार हिउसाे न्युरोडबाट बन्द गर्ने समुहका अध्यक्ष रञ्‍जित गुरुङलाई गरेपछि फाल्गुन २५ र २६ गते हुने भनिएको नेपाल बन्द फिर्ता भएको छ ।

उनलाई सामाजिक आतंक फैलाएको आरोपमा पक्राउ गरिएको परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलले बताए । सामाजिक संजालमा बन्दको प्रचार फैलाउने गुरुङ पूर्व जनमुक्ति सेना समूहका अध्यक्ष हुन्। अहिले उनलाई परिसर टेकुमा राखिएको छ।

उनका मागहरुमा जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्दको आह्वान गरेको उक्त समूहले जनाएको छ । २५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला ! उक्त बन्दको प्रर्चामा लेखिएको छ ।

तर, गुरुङ पक्राउ परे सँगै नेपाल बन्द फिर्ता भएकाे छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार