• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

नारी दिवसकै दिन गाउँपालीका प्रमुखले उपप्रमुखलार्इ हातपात गरे


फागुन २५, दोलखा ।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे दिन दाेलखामा गाउँपालिका अध्यक्षले उपाध्यक्षलार्इ हातपात गरेका छन् ।

गाउँपालीकाकाे केन्द्र विवादमा जिल्लाकाे कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा यस्ताे अवस्था सिर्जना भएकाे हाे ।

आफ्नो नेतृत्वको समूहले निर्णय पुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन् ।

कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो ।

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार