• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

श्रमीक महिला दिवसकाे अवसरमा त्रिवेनीकाे ढुंगेबजार प्रतियाेगितात्मक कार्यक्रम


लाल मणि दाहाल 
फागुन २५, सल्यान ।

सल्यानकाे त्रिवेणी गाउँपालिकाकाे वडा नम्बर ३ ढुंगेबजार पनि बिहीबार १०८ औं श्रमीक महिला दिवस मनाइएको छ । ‘आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण , ग्रामीण तथा शहरी महिलाको जिवन स्तरमा रुपान्तरण’ भन्ने मूल नाराका साथ विभित कार्यक्रम गरेर दिवस मनाईएको हो ।

कार्यक्रममा नृत्य र घैटाेफाेर प्रतियाेगिता भएकाे छ । नृत्य तर्फ सपना कवर प्रथम, आशा वली द्वितीय र मिना बिक तृतीय भएकी छन् । कुर्सी दाैडमा समिता शाही प्रथम, केसरी याेगि द्वितीय र पुजा बस्नेत तृतीय भएकी छन् ।  घैटाेफाेर तर्फ खिमा डाँगी प्रथम,  गाेमा केसी द्वितीय र शान्ता बुढा तृतीय भएकी छन् । त्यस्तै लाेकगितमा असै वलि प्रथम, मनिशा वली द्वितीय र गिता खड्का तृतीय भएकी छन् ।

कार्यक्रममा विजयी सबैलार्इ पुरस्कार समेत वितरण गरिएको थियाे ।

कार्यक्रममा गाउँपालिका प्रमुख मान बहादुर डाँगी, उपप्रमुख करुणा खड्का, ३ नम्बर वडा अध्यक्ष हुकुम प्रसाद महतारा वडा सदस्य गाेविन्द केसि, गायत्री बुढाथोकी, अमृत बिक, कृषि सेवा शाखा प्रमुख लक्ष्मी चन्द बपाल, ढुंगेबजार उपस्वास्थ्य चाैकी ईकाई प्रतिनिधि रचना बस्नेत लगाएतकाे उपस्थिति रहेको थियोे ।

राधाकृष्ण महिला बिकास समुहको अध्यक्ष यामा याेगीकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा गाउँप्रमुख मान बहादुर डाँगी, उपप्रमुख करुणा खड्का लगायतले नारी दिवसकाे बारमा प्रष्ट पारेका थिए ।

कार्यक्रम काे सञ्चालन हिरा इङलिस स्कुलका शिक्षक लाल मणि दाहाल र गिता खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार