• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

इट्टाकाे धुलाे खादै राजधानीमा सल्यानका महिलाहरुः दैनिक ४ हजार इट्टा बाेक्छन्, तलब थाहा छैन्


राजन रुचाल, सिअाइएन ।

मध्य दिउँसो, बेस्सरी हावा चलिरहेको छ । ललितपुर हरिसिद्धिको एउटा इट्टाभट्टा टाढैबाट धुलो उडिरहेको देखिन्छ । नजिक पुगेर हेर्दा काम गरिरहेकाहरु धुलाम्य थिए । आखाँका परेलासम्म धुलो । आँखा चिम्रा पार्दै मजदुरहरु काम गरिरहेका छन् ।

ओंठ भोकले कलेटी परेका थिए । बिहान ६ बजेदेखि काममा भिडेकी उनले ९ बजे तिर पानी पिएको सुनाईन् । दिउँसोको १ बज्नै लाग्दा छुट्टी हुने र भोट मेटाउने पर्खाई छ सुकमायाको । 

ढल्किंदो उमेरका एकजना महिला सकि नसकि इट्टाको भारी बोक्दै थिईन् । म छेउमा गएँ । नाम सुकमाया वि. क. रहेछ । घर सल्यानको लक्ष्मीपुर । म सँग रेकर्डर र क्यामेरा देखेपछि उनि फिस्स मुस्कुराईन् ।

ओंठ भोकले कलेटी परेका थिए । बिहान ६ बजेदेखि काममा भिडेकी उनले ९ बजे तिर पानी पिएको सुनाईन् । दिउँसोको १ बज्नै लाग्दा छुट्टी हुने र भोक मेटाउने पर्खाई छ सुकमायाको । भोक लाग्दैन ? यो प्रश्नमा सुकमायाको जवाफ, अहँ लाग्दैन, बानी परिसक्यो, भन्ने थियो ।

काठमान्डु छिरेको दुई वर्ष भएछ । बसाई ६ महिना यता, ६ महिना सल्यान । उनले इट्टा बोकेर कमाएको पैसा परिवार पाल्ने आम्दानी एक मात्रै श्रोत रहेछ । श्रीमान घरमै छन् । काम गर्दैैनन् । दुई छोरीको विहे भयो । छोरा दुर्घटनामा परेपछि केहि गर्न सक्दैनन् । परिवार पाल्ने जिम्मेबारीले सुकमायालाई बुढेसकालमा पनि छोडेन ।

घुम्न नि पाइन्छ भनेर आईयो, यहाँ त काम गर्न नसकिने रहेछ । दिनको ५० रुपैंया कमाउन मुस्किल छ । अब घरै फर्किने । 

इट्टाभट्टाको एक छेउमा इट्टा बाटै बनेका २० भन्दा धेरै छाप्राहरु छन् । यो छाप्रोमा बस्नेहरु प्राय सल्यान र दाङका रहेछन् । इट्टा भट्टामा काम गर्ने कोहि नयाँ छन् कोहि पुराना । भर्खर आएकाहरु बोल्नै लजाए ।

१६ वर्षिया सीता कुँवर काम सकेर मुख धुँदै हुनुहुन्थ्यो । बोल्न नमानेपछि प्रसंग बदल्दै सोधें । बहिनीको अनुहार त फुटेछ नि ? सायद मनकै कुरा भनेछु । उनले चरचरी अनुहार, फुट्नुको दोष हावा र धुलोलाई दिईन् । र रहर सुनाईन्, अरु युवती जस्तै राम्रो बनेर हिड्न मन छ । तर के गर्नु ? बाध्यतासँग मेरो के लागोस् ।

उहाँको कलिलो ज्यानले दैनिक ४ हजार जति इट्टा बोक्छ । एउटा इट्टाको पाँच पैसा पाइन्छ । तर दैनिक कति कमाई हुन्छ उहाँलाई थाहा छैन । सल्यानी लवजमा बहिनीले सुनाईन्, खै कति हुन्छ, हाम्लाई त थाहा छैन है ।

छेउकै अर्को इटाभट्टामा पनि छुट्टि भयो । मजदुरहरु आ–आफ्नो छाप्रो तिर लागे । हामी पनि उनिहरुसँगै छाप्रो तिर लाग्यौं । दाङका सुनिता सिंजाली खाना खाँदै हुनुहुन्थ्यो । उहाँको इट्टा भट्टा अनुभव पहिलो रहेछ । घुम्न नि पाइन्छ भनेर आईयो, यहाँ त काम गर्न नसकिने रहेछ । दिनको ५० रुपैंया कमाउन मुस्किल छ । अब घरै फर्किने । सुनिता जस्ता अरु पनि महिलाहरु थिए । उनिहरु आफ्नै घर फर्कन चाहन्थे । काम गर्न नसकेको गुनासो सुनाउथे ।

इट्टा भट्टामा काम गर्ने मजदुरहरुको छाप्रो देख्दा लाग्थ्यो, स्वास्थ्य प्रति कोहि पनि सचेत छैनन् । चारैतिर फोहोर र दुर्गन्ध । सल्यानका सरिता बुढाको छाप्रो अलि व्यवस्थित छ । काखमा १० महिने छोरी च्यापेर धुलो कम होला र खाना खाउँला भनेर उहाँ कुर्दै हुनुहुन्थ्यो ।

छाप्रो भित्रै पसें । खै अमिलो गन्ध आयो । के को गन्ध भन्ने ठम्याउन सकिन । सरिताले छेउमा बस्ने इशारा गरिन् । ५ मिनेट जति कुरा भो । उनले छोरी पनि इट्टा भट्टामा काम गर्दा गर्दै जन्माएकी रहिछन् ।

यहाँका इट्टा भट्टामा काम गर्ने मध्ये अधिकांश महिलाहरु छन् । तर अचम्मको कुरा दिनभरी कति कमाई हुन्छ भनेर उनिहरु आफैं बेखबर छन् । साहुले जति हिसाब देखाएर दियो त्यतिमै चित्त बुझाउँछन् । मजदुर अधिकार र स्वास्थ्यको हकको कुरा यो ठाउँमा कल्पना भन्दा धेरै टाढा छ ।  जिविकोपार्जन गर्ने अन्य केहि मेलो भए घर फर्किने चाहना उनिहरुको छ ।

दिनभरी काम । त्यो पनि धुलोमा । कसैले मास्क लगाएको देखिएन । महिनामा एक दुई पटक विरामी नपर्ने कोहि हुँदैन । तर इट्टा भट्टा सञ्चालकलाई न उनिहरुको स्वास्थ्यको चिन्ता छ, न त उनिहरुको ज्यालाको नै । उनिहरुकै रगत र पसिनाबाट नाफा कमाउने लक्ष मात्र इटा भट्टा सञ्चालकको देखिन्छ  ।

प्रकाशित मिती २०७४ फागुन २५ गते

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार