• २०७७ माघ ७ गते बुधवार
  • Preeti To Unicode

दुर्इ यातायातमा विज्ञप्तीकाे प्रतिस्पर्धाः झुटाे अाराेप लगायाे भन्छ ‘सल्यान रुकुम यातायात’


लेकाली अनलाइन
फागुन २५, सल्यान ।

शारदा यातायातकाे गाडी अाफुहरुले ताेडफाेड नगरेकाे सल्यान रुकुम यातायातले प्रस्ट्याएकाे छ ।

बिहीबार दाङ तुलसीपुर देखि सल्यानको कालिमाटी गाउँपालिका- ४ असुरेनीमा गएकाे ना ७ ख १८४८ नम्बरको गाडीमा सल्यान रुकुम यातायात व्यवसायी समितीका कर्मचारी ताेडफाेड गरेकाे भन्दै शारदा यातायात सेवा प्रा.लि. विज्ञप्ती सार्वजनीक गरेपछि सल्यान रुकुम यातायातले त्यसकाे खण्डन गरेकाे हाे ।

सल्यान रुकुम यातायातले अाज एक प्रेस विज्ञप्ती सार्वजनीक गर्दै अाफुहरुमा शारदा यातायात सेवा प्रा.लि.ले झुटाे अाराेप लगाएकाे जनाएकाे छ ।  विज्ञप्तीमा भनिएकाे छ- “यात्रुलाई स्तरिय सुबिधा दिने भनी करिव ६/७  वटा यात्रुबाहक गाडी संचालन गर्दै आइरहेको शारदा यातायात प्रा.लि.ले मिति २०७४/११/२४ गते निकालेको बिज्ञप्ति अनुसार कालिमाटी गाउँपालिका वडान ४ को अरुसेनिमा सोहिदिन आफ्नो गाडि माथी भएको तोडफोड हाम्रो सल्यान रुकुम यातायात ब्यवसायी समितिका कर्मचारीहरुले गरेको भन्ने झुटाे र अस्तित्वहिन बिज्ञप्ति निकालेर सामाजिक संजालमा गलत हल्ला  फैलाउनुले हाम्रो समितिको ध्यानाकर्षण गराएको छ।”

केही महिना अगाडि प्रमुख जिल्ला अधिकारीको रोहवरमा प्रशासन कार्यालय सल्यानमा भएको दुबैपक्षको सम्झौता अनुसार जिल्लाका विभिन्न रुढहरुमा समिति र  प्रालिका गाडिहरु निर्बादरुपले संचालन गर्ने सहमति भएको महासचिव अर्विन्द कुमार रार्इले हस्ताक्षेर गरेकाे विज्ञप्ती मार्फत जानकारी गरार्इएकाे छ ।

घटणाकाे दाेषिलार्इ छानविन गरी कारबाहीकाे माग गर्दै सल्यान रुकुम यातायातले अागामी दिनमा प्रमाण विनाकाे दाेष नलगाउन अनुराेध गरेकाे छ ।

हेर्नुहाेस् विज्ञप्ती

 

 

याे पनि पढ्नुहाेस् 

शारदा यातायातकाे गाडीमा ताेडफाेडः सल्यान रुकुम यातायातलार्इ अाराेप

सल्यानबाट सेवा दिदै अाएकाे शारदा यातायात सेवा प्रा.लि.काे गाडीमा ताेडफाेड भएकाे भन्दै प्रा.लि.ले अापत्ती जनाएकाे छ ।

बिहीबार दाङ तुलसीपुर देखि सल्यानको कालिमाटी गाउँपालिका- ४ असुरेनीमा गएकाे ना ७ ख १८४८ नम्बरको गाडीमा सल्यान रुकुम यातायात व्यवसायी समितीका कर्मचारी ताेडफाेड गरेकाे अाराेप लगाउदै प्रा.लि. ले एक विज्ञप्ती सार्वजनीक गरेर अापत्ती जनाएकाे छ ।

विज्ञप्तीमा भनिएकाे छ- “दाङ तुलसीपुर देखि सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ४ को असुरेनी भन्ने स्थानमा नम्बरमा गएको र पार्किङ गरेर राखेको गाडीमा रात्री समय १०:०० बजे सल्यान रुकुम यातायात व्यवसायी समितीका दुई जना कर्मचारी बाइकमा आई सल्यानमा अझै पनि यातायात क्षेत्रमा सिन्डिकेट लागु गर्ने उदेश्यले गाडीको अगाडिको सिसामा डुङ्गा प्रहार गरि पुर्ण रुपले क्षति गरिएकाे छ ।”

त्यस्तै प्रा.लि.ले ताेडफाेडकाे निन्दा गर्दै दोषीलाई छानबिन गरि कानुन बमोजिम कार्बाहीको  र क्षतिपूर्तिको माग गरेकाे छ ।

हेर्नुहाेस् विज्ञप्तीकाे पुर्ण पाठः

प्रेस विज्ञप्ति !
आज मिति २०७४/११/२४ गतेका दिन हाम्रो यस प्रा.लि द्वारा संचालित ना ७ख १८४८ नम्बरको गाडी दाङ तुलसीपुर देखि सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ४ को असुरेनी भन्ने स्थानमा नम्बरमा गएको र पार्किङ गरेर राखेको गाडीमा रात्री समय १०:०० बजे सल्यान रुकुम यातायात व्यवसायी समितीका दुई जना कर्मचारी बाइकमा आई सल्यानमा अझै पनि यातायात क्षेत्रमा सिन्डिकेट लागु गर्ने उदेश्यले गाडीको अगाडिको सिसामा डुङ्गा प्रहार गरि पुर्ण रुपले क्षति गरेकोले
हाम्रो यस शारदा यातायात सेवा प्रा.लि. सल्यान रुकुम यातायात व्यवसायी समितिको यो दादागिरीको निन्दा र भत्सर्ना गर्दछौं र प्रहरी प्रशासन समक्ष दोषीलाई छानबिन गरि दोषीलाई कानुन बमोजिम कडा कार्बाहीको जोडदार माग गर्दछौं, साथै क्षतिपूर्तिको माग गर्दछौं।
मिति २०७४/११/२४
शारदा यातायात सेवा प्रा.लि.
संचालक समिति

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार