फागुन २५, काठमाडाैं ।
प्रहरी प्रधान कार्यालयले एमाले सांसद नवराज सिलवाल फरार अभियुक्त नभएको बताएको छ । केही समय अघि प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका सिलवालले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरे लगतै प्रहरी प्रधान कार्यालयले यस्तो बताएको हो ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं डीआईजी मनोज नाैपानेले किर्ते मुद्दा प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाएकोले अब सिलवाललाई पक्राउ गर्ने–नगर्ने भन्ने उसैको हातमा रहेको बताए । उनले भने, ‘अनुसन्धानको फाईल सरकारी वकिलको कार्यालयमा छ, सरकारी वकिलको कार्यालयले सिलवाललाई पक्राउ गरेर अनुसन्धान अघिबढा भने गर्ने हो, होईन भने अहिलेको अवस्थामा सिलवाललाई फरार भन्न मिल्दैन ।’
प्रहरीको अति गोप्य मानिने कार्य सम्पादन मूल्याङ्न फाईल किर्ते गरेको आरोप लाग्दै आएको छ । गत फागुन २० गते प्रतनिधिसभा सदस्यका लागि राखिएको शपथ ग्रहण समारोहमा समेत सिलवाल सहभागी भएका थिए ।
सुरक्षाकर्मीलाई गृहमन्त्रीकाे निर्देशन
नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कृत बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शुक्रवार र राजधानीको ग्रिनसिटी अस्पतालमा पुगेर एक हप्ताअघि बलात्कृत परेकी आठ वर्षीय बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । बादलले ती बालिकाको उपचारमा सरकारले सहयोग गर्ने बचन दिएका छन् । उनले डाक्टरहरुलाई उपचारमा कमी हुन नदिन आग्रह्समेत गरेका छन् ।
त्यस्तै बादलले बलात्कारमा संलग्नहरुलाई नछाड्ने प्रतिबद्धता जनाएका छन् । उनले बलात्कारका घटनामा गम्भीर अनुसन्धान गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएको बताएका छन् ।
उनले भने ‘बलात्कारमा संलग्नलाई चोख्याउन खोज्नेलाई पनि कारबाही हुन्छ ।’ ‘बलात्कार जघन्य अपराध हो’, मन्त्री बादलले भने, ‘अब बलात्कार जस्तो आपराधिक कार्यमा संलग्न अपराधिलाई चोख्याउन खोजिए त्यस्तालाई पनि कारवाहीको दायरामा ल्याउँछौँ ।’