• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

भैरे’ गीत रिलिज, यस्ताे भयाे भिडियाे वर्षासँग बुद्धि र विक्रान्तको ठुम्का


फागुन २५, काठमाण्डौँ।

अभिनेता दयाहाङ राई स्टारर नेपाली चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरियो ।

गीतमा अभिनेताहरु विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटी फिचरिङ्ग छन् । निर्देशक एभरेष्ट सुर्य बोहरा र बसन्त सापकोटाको शब्द रहेको गीतमा बसन्तको संगीत सुन्न सकिन्छ । यम बराल, बसन्त सापकोटा र मेलिना राईले गीतमा आवाज भरेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन गज्जब छ । उनले गीतमा फरक कन्सेप्ट प्रयोग गरेका छन् । छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन् । निर्देशक बोहराको कथा रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । बनिष शाहले फिल्मको सम्पादन सम्हालेका छन् ।

लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको छ । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यो फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को जेठ १८ गतेलाई तय गरिएको छ ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार