लेखकः नेत्र मैनाली
फागुन २५, काठमाण्डौँ ।
केही कुरा बाेल्न करै लाग्छ झन सम्बन्धित जिल्लाबासी अनि राजनितीलार्इ जिन्दगीमा महत्वपुर्ण स्थान दिर्इ सकेपछी नबाेली बस्न सकिएन । कुरा सुरू गराै टिकापुरकाे दुख र देखिएका केही अाश्चार्यपुर्ण घटनाबाट ।
नेपाल प्रहरीका एसएसपीसहित ८ जना प्रहरी र एक नाबालक गरी ९ जनाको ज्यान गएको टिकापुर घटना अहिलेसम्म पनि मानिसहरूका दिमागबाट पुर्णरूपमा हटीसकेकाे छैन । घटना पछी टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लाग्याे रेशम चौधरीलार्इ । उनलार्इ पक्राउ गर्न खाेजिरह्याे प्रहरीले तर उनी सधै फरार सुचीमै रहे पक्राउ परेनन । चुनाव अायाे, अप्रत्याशित घटना अर्काे घट्याे, कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारका रूपमा उनै रेशम चौधरीले टिकट पाए । वातावरण सबैले साेचे भन्दा फरक बन्दै गयाे । चाैधरीले अप्रत्याशित रूपमा अनअपेक्षित रूपमा मत प्राप्त गरेपछि सबैले अचम्म मान्दै कुरा गरिरहे । उनले चुनाव जिते ।

नेत्र मैनाली
टीकापुर घटनाका मुख्य अभियुक्तको आरोपमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशमले चुनाव जिते के उनलाई प्रहरीले पक्राउ गर्ला? यो प्रश्न धेरैको मनमा उब्जिरह्याे । उता प्रहरी प्रशासनले ‘चुनाव जितेर आउने कुरा सरोकारको बिषय होइन, फरार अपराधी भेटिएमा पक्राउ गरिन्छ’ भनी रह्याे भने चाैधरीले आफ्ना लागि सिंहदरबारको ढोका खुल्ने दाबी गरे । घटनाक्रम यहाँ सम्म पुग्याे ।
अहीले रेशम चाैधरीलार्इ सांसद हुनबाट राेकिएकाे छ वा राेक्ने प्रयास हुदै छ वा सक्नेले केही गर्दै हाेलान । अहीलेका सत्य यही हाे उनले टिकट पाएर मात्रै चुनाव लडेका हुन । निकै मतान्तरमा जितेकै हुन, सत्य यही हाे । यदि टिकट पाउनु पनि कानुन बमाेजिम वा न्यायसंगत थियो भने रेशमलाल चौधरी र लक्षमण चौधरी चुनाव लड्न दिनुहुँदैन थियो । भने अर्को तिर गरिब थारुहरुको घरमा आगजनी गर्ने उपर पनि कडाइका साथ कारवाही हुनुपर्थ्यो ।
राज्यको कानुन चुकिसकेको छ, अझ भन्ने हो भने यी दुई त प्रयोग गरिएका कारिन्दा हुन यिनलार्इ प्रयोग गर्ने अमरेश सिंह जस्ता, बिजय कुमार गच्छदार जस्ता चाही खुलेआम घुम्न पाउने अरुचाही कोठरिमा ? यस्तो दुई चरित्रको कानुनले देशलाइ नै अफ्ठेरो पार्नसक्छ । त्यसो हुँदा मिलिसकेको सामाजिक सद्भभावलाइ बिगार्न काम राज्यले गर्नु हुदैन । अब पीडितलाई कसरी न्याय दिने त्यो राज्यको काम हो। अन्त्यमा, म रेशम र लक्षमण्को पक्षमा होइन तर कुरा यति हो कि राज्यको नजर समान हुनुपर्छ । यदि जेल नै राख्ने हो र कारवाही गर्ने हो भने निर्देशन दिने, निर्देशन मान्ने र घरमा आगो लगाउने सम्पुर्णलाई कारबाही गरियोस् ।