फागुन २६, काठमाडौं ।
दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेपछि नायक भुवक केसीलाई ६ महिना कैद सजायको माग गरी प्रहरीमा जाहेरी परेको छ।
भुवनलार्इ भने फरक प्रशङगमा जाहेरी परेको हाे । निर्माता/निर्देशक शम्भु प्रधान र संगितकार रञ्जित गजमेरले शुक्रबार जाहेरी दिएका हुन्। सम्झना फिल्मको ‘उकालीमा अघि अघि’ बोलेको गीत केसीले कृ फिल्ममा चोरेको भन्दै जाहेरी परेको हो। प्रतिलिपि अधिकार ऐनअनुसार कारबाही गर्न माग गरी जाहेरी परेको हो।
फिल्मबाट गीत हटाउन माग गर्दा नमानेपछि जाहेरी दिनुपरेको प्रधानले बताए। प्रहरीले दुईपक्षलाई सहमतिका लागि आग्रह गरेपनि कृ पक्षले गीत नहटाएपछि मुद्दा प्रक्रिया अघि बढेको हो। जाहेरी दर्ता प्रक्रिया अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
प्रतिलिपि अधिकार ऐनअनुसार ६ महिनासम्म कैद हुने प्रावधान छ। नायक केसी तथा कृ फिल्मका अर्का निर्माता सुवास गिरी प्रतिवादी बनाएर जाहेरी दिइएको छ।