फागुन २६, उदयपुर ।
बेलका नगरपालिका–३ शुक्रबारे बजारमा शुक्रबार एक वृद्धबाट १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।
बेलका–९ घर भएकी बालिकालाई सुनसरी बराहा नगरपालिका–८ घर भई हाल बेलका नगरपालिका ९ रामपुरमा बस्ने ६२ वर्षीय सुडिलाल चौधरीले बलात्कार गरेको प्रहरीले जनाकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएका छन्।5