फागुन २६, सल्यान ।
नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी सल्यानले विद्यार्थीहरुलार्इ पढ्न देउ भन्दै अपिल गरेकाे छ ।
दुई हप्ता देखि जिल्लाकाे छत्रेश्वरि गाउपालिका जयचाैरमा रहेकाे लक्ष्मी मावि मा विद्यार्थीकाे पठनपाठन ठप्प हुनेगरि तालाबन्दी गरिएकोमा अखिल क्रान्तिकारी सल्यानले अापत्ती जनाएकाे हाे । अाज एक प्रेस विज्ञप्ती सार्वजनी गर्दै संगठनले विभिन्न मुडभेड गरार्इ विद्यार्थीकाे पढाइ-लेखार्इ माथी हस्तक्षेप गरेकाे भन्दै विद्यार्थी लाई सहज ढंगले पठनपाठनकाे वातावरण निर्माणकाे लागी तत्काल पहल चाल्न जिल्ला शिक्षा कार्यलय, स्थानीय शिक्षा समिति, जनप्रतिनिधि, शिक्षक, अभिभावक सैबमा अाग्रह गरेकाे छ ।
संगठनका अध्यक्ष टंक प्रकाश केसीले हस्ताक्षेर गरेकाे विज्ञप्तीमा भनिएकाे छ-” विद्यालय व्यवस्थापन समिति गठन मा राजनीतिकरण गर्ने नाममा विद्यार्थी काे पठनपाठन बन्द हुने बाताबरण नगाउन र सहज ढंगले पढाइलेखाइ काे वातावरण सिर्जना गर्ने सबै मा अपिल गर्दछौं ।एकदुई दिन पहिला विद्यार्थी झडप भएको पनि सुनिएको छ ।यस्ता कार्य तत्काल बन्द गरियोस् ।”
यदि तत्काल विद्यार्थी काे पठपाठन सुरु हुने वातावरणकाे सिर्जना नभएमा सम्बन्धि निकायका विरुद्ध कडा अान्दोलनमा जाने विज्ञप्ती मार्फत चेतावनी दिर्इएकाे छ ।
यस्ताे छ विज्ञप्तीकाे पुर्ण पाठः
हाम्रो महान तथा गाैरवशाली संगठन ने क पा निकट अखिल क्रान्तिकारी सबैखाले भ्रष्टाचार ,दलालीकरण ,शिक्षा क्षेत्र काे व्यापारिकरण र जनजिविका , जनतन्त्र का निम्ति संघर्ष गरिरहेकाे र त्यसका ठुलो त्याग र बलिदान गरेकाे कुरा यथावत छ ।
यसै क्रममा सल्यान जिल्ला छत्रेश्वरि गाउपालिका काे लक्षमि मावि जयदचाैरमा दुई हप्ता देखि विद्यार्थी काे पठनपाठन ठप्प हुने गरि ताला बन्दी गरिएको र विद्यार्थी लाई विभिन्न मुडभेड गराइ पढाइ लेखाइमाथी हस्तक्षेप सिङ्गो विद्यार्थी काे जीवन र उनका सपना सङ्ग जाेडिएकाे विषयवस्तु हाे ।तसर्थ शैक्षिक सत्र काे अन्तिम तिर ,जाँच अाउदै गर्दा यस्ता कार्य ले ठुलो नकारात्मक असर पार्ने कुरा अबगत गराउछाै ।तसर्थ विद्यालय व्यवस्थापन समिति गठन मा राजनीतिकरण गर्ने नाममा विद्यार्थी काे पठनपाठन बन्द हुने बाताबरण नगाउन र सहज ढंगले पढाइलेखाइ काे वातावरण सिर्जना गर्ने सबै मा अपिल गर्दछौं ।
एकदुई दिन पहिला विद्यार्थी झडप भएको पनि सुनिएको छ ।यस्ता कार्य तत्काल बन्द गरियोस् ।तसर्थ विद्यार्थी लाई सहन ढंगले पठनपाठन काे बाताबरण निर्माणमा तत्काल पहल कदमि लिन जिल्ला शिक्षा कार्यलय ,स्थानीय शिक्षा समिति जनप्रतिनिधि ,शिक्षक ,अभिभावक सैबमा निर्देशन गर्दछौं ।
यदि तत्काल विद्यार्थी काे पठपाठन सुरु हुने वातावरण काे सिर्जना नभए सम्बन्धि सबै का विरुद्ध कडा अान्दोलन मा जाने चेतावनी दिन चाहान्छाै ।
मिति २०७४ फागुन २६
क्रान्तिकारी अभिवादन
अध्यक्ष टंक
प्रकाश के सी अखिल