• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

नेपाललाई ठूलो झड्का, कप्तान पारस खड्का आउट


फागुन २६, काठमाडौं ।

नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।१० चौका र १ छक्काको मद्दतमा ७५ रन बनाएर पारस खड्का आउट भएका हुन् ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ९८ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल र पारस खड्का केही ओभरकै फरकमा आउट भएपछि अहिले ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र रोहित कुमार आएका छन् ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले तीन विकेटको क्षतिमा अहिले ३१ ओभर खेल्दा ११६ रन बनाएको छ । नेपालका ओपनर ब्याट्सम्यान अनिल शाह ७ रन बनाएर आउट भएका थिए । शाहलाई मुजिव रहमानले आउट गरेका हुन् । ज्ञानेन्द्र मल्ल २५ औँ ओभरको अन्तिम बलमा आउट भएका हुन् । मल्ल ६९ बलमा २३ रन बनाएर आउट भए । उनललाई रसिद खानले आउट गरेका हुन् ।

अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ । भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार