मिना बुढाथोकी
फागुन २६,सल्यान ।
जिल्ला प्रशासन कार्यालय सल्यानले नयाँ कामको थालनी गरेको छ । कार्यालयमा सेवा लिन आउने सेवा ग्राही लाई मध्य नजर गर्दै प्रशासन कार्यालयले शुक्रवार देखी निवेदनको ढांचा बनाई कार्यालय अगाडी टांसेको छ ।
‘प्रशासन बाट हुने जुनसुकै काम का लागी प्राय निवेदन लिनु पर्ने भएकाले सेवाग्राहीलाई सहज होस भनि निेदनको ढाँचा बनाएर टांसेका हौं सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टंडनले भने ।’
यस अघि निवेदन पेश गर्दा सेवा ग्राही र सेवा प्रदायक दुबैलाई काम गर्दा अप्mठेरो पर्ने गरेकाले यो कामको शुरुवात गरेको उनले बताए ।उनले भने–‘पहिले सेवाग्राही ले ल्याएर आएको निवेदनमा धेरै त्रुटी हरु भेटिन्थ्यो ।
पटक पटक सच्चाएर ल्याउनु भन्नु पथ्र्यो यसो गर्दा सेवा ग्राही र सेवाप्रदायक हामी दुबैको समय बर्बाद हुन्थ्यो तर अब सो समस्या बाट छुटकारा मिल्ने आश गरेका छौं ।’
उनले दलित जनजाती प्रमाणीकरणका लागी चाहिने निवेदन,विवरण फारम फरक परेको बेला चाहिने निवेदन,नागरिकता शैक्षिक योग्यतामा फरक परेको मिति सच्याउन चाहिने निवेदन,राहदानी सिफारिस,राहत पाउन का लागी चाहिने निवेदन लगायत १६ प्रकारका निवेदनको ढांचा दर्ता चलानीको कोठा नम्बर ३ का अगाडी टाँसिएको बताए ।
यसरी सरकारी कार्यालय बाट निशुल्क रुपमा निवेदनको ढांचा सारेर सोही बमोजिम निवेदन तैयार पार्दा निकै सजिलो र सहज हुने भएपछि सेवाग्राही पनि उत्साहित भएका छन । सुक्रबार मात्र ३ जना सेवाग्राहीले सेवा लिएको प्रशासनले जनाएको छ । यसरी निवेदनको ढांचा बाट ल्याएको निवेदन बाट सेवा दिंदा निकै सहज हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी टंडने बताए ।
‘हामीले यो पहिलो पटक र नयाँकामको शुरुवात गरेका छौं । यसबाट सेवाग्राहीले आफैले निवेदन लेख्न सक्ने छन । यस अघि अरुलाई निवेदन लेखाउदा लाग्ने शुल्क समेत तिर्नु न पर्ने हुदा सेवाग्राहीलाई अझ सहज हुने छ ।’–उनले भने ।