• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

एमालेले दियाे जानकारीः नेकपा स्थापना दिवसका दिन पार्टी एकता घोषणा गर्ने


फागुन २६, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन एमाले र माओवादी बिच पार्टी एकताको घोषणा हुने भएकाे छ ।

संघीय संसद् भवनमा शनिबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका नेकपा एमालेका सचिव योगेश भट्टराईले पत्रकारहरुलाई यस्ताे जानकारी दिएका हुन् । उनका अनुसार आउँदो वैशाख ९ गते उक्त दिवसका दिन पार्टी एकताको घोषणा गर्नेगरी दुई दलबीच छलफल भइरहेको छ । दुई पार्टीबीच एकताका लागि गठित कार्यदलले काम गरिरहेको उनले बताए।

अर्काे एक प्रसङ्गमा नेता भट्टराईले आउँदो चैतको पहिलो साता केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूर्णता पाउने दाबी गरे ।

राष्ट्रपति, सभामुख पदको निर्वाचन र संघीय समाजवादी फोरम र राजपालाई सरकारमा ल्याउन पहल जारी राखेको कारण मन्त्रिपरिषद् पूर्णता पाउन ढिलो भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार