• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा आगलागीः १६ घरगोठ जलेर नष्ट, पशुचौपायकाे एकिन हुन सकेन्


बुद्धि पुन
सल्यान २६, फागुन ।
सल्यानमा आगलागी हुदाँ १६ घरगोठ जलेर नष्ट भएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ७ श्रीचौरमा सनिवार आज दिउसोँ आगलागी हुदाँ ८ घर र ८ गोठ जलेर नष्ट भएका छन् । छत्रेश्वरी गाउपालिका ७ मा रहेको फेदीखोला सामुदायिक बन बाट सल्किएको आगोले बन नजिक रहेका १६ वटा घर र गोठ जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

आगलागी बाट स्थानिय चक्र बहादुर दमाईको १ घर, बेद बहादुर बोहराको १ घर, शेर बहादुर केसीको १ गोठ, काली बहादुर केसीको १ गोठ जलेर नष्ट भएका छन् भने अन्यको बिबरण आउन बाँकी रहेसको छ ।

दिउसोँ पौने ३ बजे देखी शुरु भएको आगलागी बेलुका मात्रै नियन्त्रणमा आएको थियो । आगलागीमा परेर केही पशुचौपाय जलेर नष्ट भएको र क्षतीको बाँकी बिबरण भोली आईतवार मात्रै आउने प्रहरीले जनाएको छ । आगलागी कस्ले र किन लगाईएको हो भन्ने बारेमा केही खुल्न सकेको छैन् ।

यसैबिच नेपाल रेडक्रस सोशाईटी सल्यानले घटनास्थलमा नै पुगेर आगलागी पिडितलाई राहत सामाग्री बितरण गरेको छ । आगलागी बाट पिडित ५ घरपरिवारलाई राहत सामाग्री बिरण गरेको र बाँकी भोली आईतवार बितरण गरिने रेडक्रस सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार