• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

रेशम चौधरीको स्वास्थ्य नाजुकः वीर अस्पतालमा भर्ना, अदालतकाे प्रखार्इमा गृहमन्त्री


काठमाडौँ, २६ फागुन ।

कैलाली जिल्ला कारागारमा ६ दिनदेखि अनसनरत प्रतिनिधिसभा सदस्य रेशम चौधरीलार्इ काठमाडौं ल्याईएको छ । उनलाई सवा ५ बजेपछि बुद्ध एयरलाइन्समार्फत काठमाडौं ल्याईएको हो ।

शुक्रबार अस्पताल भर्ना गरिएका चौधरीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शनिबार फेरि अस्पताल लगिएको थियो । शुक्रबार दिउँसो सेती अञ्चल अस्पताल पुर्याइएका चौधरीले चिकित्सकले दिएको औषधि भने सेवन गर्न नमानेपछि उनलाई कारागार फकाइएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार फेरि अस्पताल पुर्‍याइएको कारागार प्रशासनले जनाएको थियो । उनलाई अहिले वीर अस्पताल भर्ना गरिएको छ |

गत फागुन २० गतेदेखि चौधरीसहित २४ जना कारागारभित्रै अनसनमा छन्। चौधरी गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली-१ बाट विजयी भएका थिए। प्रहरीको फरार सूचीमा रहेका उनले वारेसनामामार्फत उम्मेदवारी दिएर चुनाब लडेका थिए। घटना भएको ३० महिनापछि फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। उनी हाल थुनामा छन्।

अदालतकाे प्रखार्इमा गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले अदालतको निर्णयलार्इ सम्मान गर्ने बताएका छन् । अााज बिहानकाेराष्ट्रिय जनता पार्टीका नेताहरू सँगकाे भेटमा थापाले अब अदालतले के फैसला गर्छ त्यही स्वीकार गर्ने बताएका छन् । उनले चौधरीबारे राजनीतिक रुपमा समाधान गर्न दलहरू छलफलमा रहेको समेत बताए ।

राजपालाई पनि सरकारमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो पठाएको र पछिल्लो समय त्यसबारे छलफल चलिरहेको अवस्थामा चौधरीको मुद्दा राजनीतिक तहमै समाधान गर्नुपर्ने राजपाको माग रहेको छ। आफूलाई भेट्न आएका राजपाका नेताहरूलाई गृहमन्त्री बादलले पनि ‘राजनीतिक मुद्दा राजनीतिक तहमै छलफल गरेर हल गर्न’ सुझाव दिएका थिए।

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार