• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

बाेक्सी भन्दै कुट्नेलाई छुटाउने मेयरसँग रबिको चर्काचर्कि, रमिता हेर्नेलाई पनि सजाए हाेस् (भिडियोसहित)


फागुन २७, काठमाडौँ । 

कैलालीको घोडा घोेडी नगरपालिकामा सारा गांउलाई साक्षी राखी एउटा बाबाले २० वर्षीया किशोरी राधा चौधरीलाई ६ घण्टा सम्म निरन्तर मुडकी हान्दै लात्ती बजारदै कुटपिट ग¥यो ।

बोक्सी प्रथा जस्तो कुरिती समाजबाट अझै निकाल्न सकिएको छैन थाहा छ । तर यहाँ त त्यो भन्दा पनि डरलाग्दो स्थिति देखियो । त्यत्रा मानिसहरू यस घटनाको सांक्षी बनेर, मुकदर्शक बनेर अझ भनौ लक्षी बनेर तमासा हेरेर बसे । तर त्यो भिडबाट अमानविय यो घटनाको विरोधमा एउटा, जाबो एउटा आवाज पनि आएन् ।

त्यो समाजमा भएको यो पहिलो घटना होइन तर क्यामेरामा रेकर्ड भएको भने पहिलो हुनसक्छ । गाउँ गांउमा नगर नगरमा र सहर सहरमा यस्ता ढोंगिहरु छन् जो महिला माथि कुटपिट लगायत अन्य हिंसाहरू गरिरहन्छन् । दुख यी ढोंगि बाबाहरू सल्वलाएकोमा होइन एउटा पुरै गाउलेले मुख सिलाएको, कान बन्द गरेको र आँखामा पट्टी बाँधेकोमा छ ।

६ घण्टा सम्म कुटाई खादा चिच्चाई चिच्चाई रोएको आवाजले एउटा मनलाई पनि पगालेन । तर रमितेको भिड भने ठुलै थियो । त्यस माथि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा यो अपराधमा संलग्न त्यो हैसियत नभएको दुई कौडीको तान्त्रीकलाई थुना मुक्त गराउने प्रयास भएछ । यो भन्दा ठुलो, यो भन्दा लाज लाग्दो र यो भन्दा घिन लाग्दो दृष्टान्त केही हुने छैन । यो घटनाको निन्दा गर्ने सम्पूर्ण शब्दहरू सायद शब्दकोशमा छैनन् होला तर आउनुहोस हामी सबै मिलेर लाज मान्दै मान्दै भए पनि तपाईँ हामी बाँचेको समाजको यो पीडाको पराकाष्टा सहितको रिपोट हेरौँ ।

पुरा भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार