• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

यी हुन् काठमाडौं हाक्‍ने क्रान्तिकारी पत्रकारका कमाण्डर


फागुन २७, काठमाडौँ ।

क्रान्तिकारी पत्रकार संगठनको काठमाडौँ जिल्ला सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्प‍न्‍न दोस्रो जिल्ला सम्मेलनले करण बडालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो ।

मिशन र व्यवसायीक पत्रकारिता फ्युजन भएको नयाँ कार्यसमितको उपाध्यक्षमा शैलेश डंगोल,सचिवमा सुरज प्याकुरेल, सहसचिव केशव भुल र कोषाध्यक्षमा शम्भु दंगाल रहेका छन् ।
अध्यक्ष बडाल लामो समयदेखि पूर्णकालिन रुपमा मिशन पत्रकारितामा अावद्ध छन् । सुदूरपश्चिमको दार्चुला स्थायी घर बनाएका बडालले कर्म थलो काठमाडौंलाई बनाएका छन् ।

उपाध्यक्ष डंगोल काठमाडौंका स्थानीयबासी हुन् । उनी पनि अामुल परिवर्तनको पक्षमा लामो समयदेखि कमल चलाउँदै अाएका छन् ।

सचिव प्याकुरेल नेपालको १ नम्बर अार्थिक अनलाइनका सम्पादक हुन् । उनले धेरै मिडियामा काम गरिसकेका छन् । प्याकुरेलले सम्‍पादन गरेको अर्थोसरोकार अनलाइनले अार्थिक क्षेत्रमा नयाँ बहसको सिर्जना गरेको छ । अार्थिक क्षेत्रका माफियाहरु अर्थोसरोकारबाट अातंकित छन् । काठमाडौंका स्थायीबासी प्याकुरेलले अर्थसम्बन्धी टिलिभिजन र रेडियो कार्यक्रम चलाउँदै अाएका छन् ।

अछाम स्थायी घर भएका सहसचिव भुल सीअाइएनमा कार्यरत छन् । विद्यार्थीबाटै क्रान्‍तिकारी अान्दोलनसँग जोडिएका भुल क्रान्तिकारी पत्रकारको अछामको नेतृत्व गरिसकेका पात्र हुन् । हिमलाय टिजिभिजनमा समेत काम गरिसकेका भुलले सिअाइएनमा अाफ्नो उत्कृष्टा देखाउँदै अाएका छन् ।

त्यसैगरी कोषाध्यक्ष दंगाल काठमाडौंका मिडियाको लागि नयाँ नाम होइन । रेडियोबाट पत्रकारिता सुरु गरेका दंगालले लामो समयसम्म सगरमाथा टेलिभिजनमा काम गरेका थिए । भक्तपुरको सानोठिमी क्याम्पसबाट अध्ययन गर्दैगर्दा क्रान्तिकारी अान्दोलनमा अावद्ध दंगाल हाल रातोपाटी अनलाइनमा कार्यरत छन् ।

यस्तै सदस्यहरुमा मोटीभेट न्युज सञ्चालक सम्पादक सोभराज बराल, कान्तिपुर पब्लिकेशनमा आबद्ध नारायण सुवेदी, रेडियो मिर्मिरेमा कार्यरत मिक्साङ्ग वाइवा, अनलाइन पाना डटकम सञ्चालक सम्पादक नारायण अधिकारी, सुमन जोशीलगायत ३५ जना रहेका छन् ।

संगठनका उपाध्यक्ष दिपेन्द्र रावलले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई दिँदै जनताको अधिकारको अान्दोलन जारी रहेको बताउँदै अामूल परिवर्तन र श्रमजीवी पत्रकारको पक्षमा शसक्त रुपमा कमल चलाउन बताए । उनले क्रान्तिकारी पत्रकारको मूलधार अाफूहरु भएको बताउँदै दायित्व पूरा गर्न नयाँ कार्यसमितिलाई निर्देशन समेत दिए ।

नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार संगठनको सम्मेलन उद्घाटनसँगै ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रमाः मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम अायोजना गरिएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा प्रेस युनियन काठमाडौँ अध्यक्ष नकुल अर्याल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारी, प्रेस चाैतारी नेपाल काठमाडौ उपाध्यक्ष विष्णु अाचार्य, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति सदस्य तथा एफएनजे काठमाडौं अध्यक्ष मिराराज भण्डारी लगायतले विचारको अभिव्यक्ति संविधानले नै ग्यारेण्टी गरेको बताउँदै त्यसको रक्षाको लागि पत्रकारहरु एक जुट हुनेपर्ने धारणा राखेका थिए ।

त्यसैगरी क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउने, नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं सेक्रेटरी धिरिन्द्र उपाध्याय र क्रान्तिकारी पत्रकार संगठनका उपत्यका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले नागरिकको अभिव्यक्ति स्वतन्त्रामाथि नै अंकुश लगाउने प्रयास गरेर राज्य निरंकुश बन्‍न खोजेको धारणा राखेका थिए ।
उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य सागर लामाले गरेका थिए भने संचालन रामशरण माझी गरेका थिए । अनलाइन डबलीबाट

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार