फागुन २७, काठमाण्डाैँ ।
आसाम प्रहरीका अनुसार राज्यको सोनितपुर जिल्लाको एक आदीबासी क्षेत्रमा बोक्सीको आरोपमा ६३ वर्षिय बृध्द महिलाको हातियारधारि गाउँलेको एक समुहले घाँटी रेटेर हत्या गरेको छ ।
घटनामा संलग्न महिला सहित सात जनालाई पक्राउ गरिएको प्रहरी अधिकृत समद हुसैनले सेवालाई बताए ।
“गाउँमा केहि मानिसहरु बिरामी भएपछि पीडित महिलालाई बोक्सी भएको आरोप लगाइ उनीमाथि आक्रमण गरिएको रहेछ ।” आसाममा मात्रै विगत ६ वर्षमा करिव ९० जना खासगरि महिलाहरुबिरुद्ध बोक्सी भएको आरोप लगाउँदै धारिलो हतियार प्रयोग गरि वा ज्युँदै जलाएर हत्या भइसकेको छ ।
प्रहरीका अनुसार रोग फैलाइदिएको आरोपमा हतियारधारी समुहले ती महिलाको हत्या गरेपछि उनको खुट्टा पनि काटि दिएका थिए ।
गत अक्कोबरमा आसाममै भारतकी प्रख्यात खेलाडी देबजानी बोरालाई पनि बोक्सीको आरोप लगाइ कुटपिट गरिएको थियो ।
यस्तो घटना भारतमा नौलो होइन ।
भारतीय समाजमा बोक्सीको आरोपमा विपन्न र तल्लो जातका भनिने महिलाहरुमाथि यस्ता आक्रमणहरु बेला बेलामा भइरहन्छन् । प्रायजसो गरिव र एकल महिला यस्ता आरोपको शिकार हुने गर्दछन् ।
आर्थिक विपन्नता र अन्धविश्वास ब्याप्त रहेन समाजमा यस्ता घटना बढिहुने गरेको पाइन्छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तीहरुलाई पक्राउ गरेपछि उनीहरु छुट्नु पर्ने माग गर्दै स्थानीयबासीहरुले पदर्शन गरेका छन् । यस्तो कुप्रथा आसाममा मात्र होइन अन्य कयौं राज्यहरुमा पनि जिवितै छ । बीबीसी