• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

गाडिले ठक्कर दिदाँ दाङका एक युवककाे भारतमा मृत्यु


फागुन, २७ दाङ ।

दाङका एकजना युवाको सवारी दुर्घटनामा परि भारतमा मृत्यु भएको छ ।

जिल्लाकाे साविक हेकुली गाविस वडा नं. ८ पोटली निवासी २१ बर्षीय प्रकाश बोहराकाे भारतकाे को गुहामा गाडिको ठक्करबाट मृत्यु भएकाे हाे । गाडिले ठक्कर दिदाँ गम्भीर घाइते भएका बाेहराकाे उपचारका क्रममा मृत्यु भएको गुहावाट दाङ निवासी लोकेन्द्र सेरपाईलीले जानकारी दिएका छन् ।

बोहरा गुहाको एक होटेलमा कार्यरत किचेन हेल्पर हुन । शनिवार बिहान दश बजेतिर काममा जाँदैगर्दा मिरामार पञ्जिम गुहामा गाडीको ठक्करवाट उनी गम्भीर घाइते भएका थिए ।

घाइते बोहोराको आइतवार विहान गुहास्थित जेएमसी मेडिकल कलेजमा मृत्यु भएको दाङको बवई गाउँपालिका वडा नं. ५ निवासी सेरपाईलीले जानकारी दिए ।

बोहोराकी श्रीमती खिमा बोहरा र भाइपनि भारतमै रहेको हुँदा मृतकको भारतमै अतेष्टि गर्ने तयारी भइरहेको सेरपाईलीले फोनमा जानकारी दिए । बोहोरा विगत चारवर्षदेखि रोजगारको सिलसिलामा भारतको गुहामा परिवारका साथ बस्दै आएका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार