फागुन २७, ललितपुर ।
नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल ललितपुर जिल्लाको दोश्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले बिनोद श्रेष्ठको को नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा राम प्रसाद भिमिरे, सचिबमा मिना भट्टराई, सहसचिव हुमकला मिश्र र कोषाध्यक्ष अनिता परियार रहेका छन् ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउने र नेकपा ललितपुर सेक्रेटरी बिपिन, जन्मदेब जैसी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।