• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

राजधानीका हाेटलहरुमा प्रहरीको छापाः एकैरातमा ३६ जना यसरी रङ्गे हात पक्राउ


फागुन २७, काठमाडौँ ।

महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् ।

प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् ।

प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रताप पौडेलले १२० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार