• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

अाफु एमाले नभएकाे प्रधानमन्त्री ओलीकाे दावी, अहिलेलार्इ यति मात्रै हुँ भन्छन् ?


फागुन २८, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एमाले नभएकाे दावी गरेका छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीका लागि विश्वासको मत लिने क्रममा अाेलीले अाफु अहिले एमाले नभई देशको प्रधानमन्त्री भएको बताएका हुन् ।  सांसदहरुले उठाएको प्रश्नको जबाफ दिँदै ओलीले सरकारको दुईतिहाइ बहुमत देश एक भन्ने सन्देश दिन रहेको जिकिर पनि गरे ।

‘हामीसँग भएको आरामदायी दुईतिहाइ बहुमत देश एक जुट छ भन्ने सन्देश जनतालाई दिन हो’, उनले भने, ‘यो शालिनताका साथ एकताका लागि हो, दम्भ प्रदर्शन गर्न होइन ।’

ओलीले आफू नेकपा एमालेको मात्रै प्रधानमन्त्री नभएको पनि जिकिर गरे । ‘म नेकपा एमालेको प्रधानमन्त्री होइन । एमाले र माओवादी केन्द्रको मात्रै पनि होइन, नेपालको प्रधानमन्त्री हुँ, त्यस हिसाबले काम गर्छु’, उनले भने, ‘एमाले र माओवादी केन्द्रको तालमेल र त्यसैको नीतिको पृष्ठभूमिमा प्रम बनेको हुँ । तर, म त्यसका लागि मात्र काम गर्ने होइन ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार