• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

माओवादी केन्द्रका युवा नेता भन्छन्- दुई तिहाई होइन विप्लव-वैद्यसँग वार्ता गर


फागुन २८, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका युवा नेता रामदीप अाचार्यले सरकारले दुई तिहाईको मतको पछि मात्र नलागेर नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग वार्ता गर्नुपर्ने बताएका छन‍् ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले-माकेको संयुक्त सरकारले सदनमा दुई तिहाईको मत जुटाएकै दिन नेता अाचार्यले सो धारणा सार्वजनिक गरेका हुन् । सामाजिक संजालमा लेख्दै सरकारले सदनमा मात्रै दुई तिहाई होइन विप्लव-वैद्यसँग सार्थक वार्ता गर्न अावश्यक भएको बताउँने नेता अार्चायले समाजवादको नेपाली मोडेलबारे संविधान संशोधन गर्न तयार हुने पर्ने बताएका छन् । उनले उपेन्द्र यादवसँग वार्ताबाट संविधान संशोधन गर्न तयार हुने सरकारल विप्लवसँग किन नहुने भन्दै प्रश्न गरेका छन् ।

अाचार्यले यस्ताे लेखेका छन् 

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार