• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा १४ बर्षीया बालिकालार्इ बालात्कारको गरेकाे भन्दै ५५ बर्षीय व्यक्ति पक्राउ


फागुन २८, दाङ ।

दाङमा एकजना  १४ बर्षीया बालिकालार्इ बालात्कारको गरेकाे अभियोगमा ५५ बर्षीय व्यक्ति पक्राउ परेका छन् ।

सुस्त मनस्थिती भएकी बालिकालार्इ बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी ५५ बर्षीय बाबुराम पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७३ साल भदौ २६ गते पुरीले सुस्त मनस्थिती भएकी एकजना १४ बर्षीया महिलालाई बलात्कार गरेको र त्यसयता फरार रहँदै आएकोमा आइतवार पक्राउ परेको ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।

अभियुक्त पुरीलाई आइतवार प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ विजौरीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएको छ ।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि दाङ देउखुरी जिल्ला अदालत घोराहीमा सोमवार नै पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार