• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा काठमाण्डाैँमा विमान दुर्घटना, यस्तो छ क्षतिको बिबरण


फागुन २८,  काठमाडौं।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डाैँमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ । उद्दार कार्य जारी छ । दुर्घटनाग्रस्त भएको विमानमा रहेका सात जनाको उद्दार गरिएको छ ।
उनीहरुलाई अस्पताल पठाइएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ । विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ । सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ ।

जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाउन परिचालित भएको छ । यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान गरिएपनि त्यसको एकीन पुष्टि हुन सकेको छैन ।

फोटो सौजन्य : प्रशान्त अर्याल र विष्णु सापकोटा

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार