• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

अपडेटः विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते, एक जना बेपत्ता


फागुन २८, काठमाडौं ।

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् ।

मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । र यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ । विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए । यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार