सल्यानका आगलागी पिडितलाई राहत वितरण


फागुन २८, सल्यान । 

सल्यान छत्रेश्वरी गाउपालिका वडा नम्बर ७ साङ्कोटमा सनिबार भएकाे अागलागी पिडिललार्इ सल्याका युवाहरूले  केहि राहात वितरण गरेका छन् ।

श्रीनगरका युवाहरुले अाज साेमबार अत्यावश्यक राहत सामग्री साङ्कोट पुगेर वितरण गरेका हुन् । सल्यानी युवाहरुको साझा अभियान सल्यान गेट निर्माण अभियानमा जम्मा गरेकाे रकम मध्यको २५ हजार त्यस्तै श्रीनगर बजारबाट छोटो समयमा संकलन गरिएकाे १५ हजार गरी जम्मा ४० हजार बराबरका राहत सामग्रीहरु पिडितलार्इ दिइएकाे छ ।

अागलागीबाट ११ घरपरिवार पिडित भएका थिए । उक्त ११ घरपरिवारलार्इ प्रति परिवार राहत वितरण गरिएको वितरणकर्ता मध्यका एक युवा धुर्वराज अाेलीले बताए ।

अागलागीबाट चेता परीयार, हिरा केसी, खिम बहादुर बिष्ट, गोपाल खड्का, कल्चु बोहरा, लाटी बोहरा, डबल खड्का, गोपाल बस्नेत, बेद बहादुर बोहरा, सुरज बोहरा र कालीप्रशाद केसीकाे घर क्षेति भएकाे थियाे । जसमध्य दुर्इअाेटा घर बढी क्षेतिग्रस भएका छन् ।

युवाहरुले वितरण गरेका राहत सामग्री यस्ता छन्

१) चामल – ११ बोरा ( २५/२५ केजीका )
२) दाल – ११ बोरा ( २५ केजीको )
३) बिछ्याउने गुन्द्री – १४ थान
४) सोयाबिन ( न्युट्री ) – २ बोरा
५) चिउरा – १ बोरा ( ३० केजीको )
६) नुन – २५ पोका
७) तेल – २ कार्टुन ( २० बोत्तल )
८) चाउचाउ – ७ गत्था ( श्रीनगरमा संकलन भएको )
९) बिस्कुट – ६ दर्जन ( श्रीनगरमा संकलन भएको )
१०) चिनी – ५ केजी
११) चियापत्ती – ११ पोका
१२) नुहाउने साबुन – १ दर्जन
१३) कपडा धुने साबुन – २ दर्जन
१४) भाडा धुने साबुन – २ दर्जन
१५) ब्रस – १८ वटा ( श्रीनगरमा संकलन भएको )
१६) मन्जन – ११ वटा ( श्रीनगरमा संकलन भएको )
१७) ममबत्ती – ४ दर्जन ( श्रीनगरमा संकलन भएको )
१८) मास्क – ३८ वटा ( श्रीनगरमा संकलन भएको )
१९) फलफुल – स्याउ, केरा ( श्रीनगरमा संकलन भएको )
२०) डस्टबिन – ११ वटा ( श्रीनगरमा संकलन भएको )

त्यस्तै आगलागी भएको २४ घण्टा नबित्दै पिडितको घरमा नै गएर छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसी, उपाध्यक्ष सिता केसी लगाएतको टोलीले अाइतबार राहत वितरण गरेका थिए । गाउँपालीकाकाे तर्फबाट प्रतिपरिवार ४ हजारका दरले राहत बितरण गरिएको गाउपालिका अध्यक्ष केसीले जानकारी दिएका छन् ।

यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानले पनि आगलागी पिडितलाई राहत सामाग्री बितरण गरेको स्टोर किपर बिरेन्द्र कुमार राईले जानकारी दिए । सनीबार छत्रेश्वरी गाउँपालिका वडा न ७ फेदीखोलामा रहेको सामुदायिक वनमा लागेको आगो गाउँमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार