फागुन २८, कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी माथि खुकुरी र गोली प्रहार भएको छ ।
घोडाघोडी नगरपालिका–१ सुखडस्थित आफ्नै घरमा रहेको बेला सोमबार साढे ८ बजेतिर अज्ञात समूहबाट टाउकोमा खुकुरी प्रहार भएको र खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
गोली र खुकुरी प्रहरबाट घाइते चौधरीलाई स्थानीय घोडीघोडी अस्पतालबाट अन्यत्र रेफरको तयारी भैरहेको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।
उनी माथि बोक्सी आरोपमा कुटपिट काण्डमा मिलापत्र गराइएको आरोप लाग्दै आएको थियो ।