• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपालले जित्याे, हङकङ पराजित भयाे


फागुन २८, काठमाडौँ ।

आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा हङकङ नेपालसँग पाँच विकेटले पराजित भएको छ।जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको हङ्कङ्ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।

हङ्कङ्का लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

नेपालका लागि मध्य क्रमका ब्याटसमेन रोहित कुमार पौडेल र सोमपाल कामीले ८५ रनको महत्वपूर्ण साझेदारी गरे । रोहित कुमार पौडेलले ४८ रन र सोमपाल कामीले ३७ रनको महत्वपूर्ण साझेदारी गरे ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार